Karnali Media
२०८३ जेठ २८ , बिहीबार

कर्णाली प्रदेशसभाका संसदीय समिति सभापति चयन



सुर्खेत, १४ जेठ । कर्णाली प्रदेशसभामा रहने ४ वटै संसदीय समितिका सभापति चयन भएका छन् । आज भएको समिति सभापतिको निर्वाचनमा सहमतिमै चारवटै समितिका सभापति निर्विरोध चयन भएका हुन् ।

जसअन्तर्गत सामाजिक विकास समितिमा कांग्रेसका घनश्याम भण्डारी, सार्वजनिक लेखा समितिमा एमालेका जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक श्रोत समितिको सभापतिमा नेकपा माओवादका दुर्गा रावत र प्रदेश मामिला समितिको सभापतिमा एकीकृत समाजवादीका कल्याणी खड्का निर्विरोध निर्वाचित भएका छन्।


 

प्रकाशित मिति : २०८० जेठ १४ गते आइतबार