सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएको छन् । पूर्व राजा ज्ञानेनद्र शाह सुर्खेत आउँदा बोलेको अभिव्यक्तिप्रती संकेत गर्दै मुख्यमन्त्री शर्माले गणतन्त्रमाथि धावा बोल्नेहरुलाई डाँडा कटाउनुपर्ने चेतावनी दिएका छन् ।
१६ औँ गणतन्त्र दिवसका अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेको बताए । उनले भने, देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेका छन् । यो व्यवस्था दशकौं लामा संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस् ।’ उनले जनतालाई भ्रमित पार्ने काम कसैले गर्न नहुने बताए ।
मुख्यमन्त्री शर्माले भने, ‘विभिन्न कारण अहिलेको व्यवस्थाप्रति प्रश्न उठाउने कामहरु भइरहेको छ। म भन्न चाहन्छु गणतन्त्रको विकल्प राजतन्त्र होइन, समाजवाद हुनसक्छ।’
संवाददाता । सोमबार, जेठ १५, २०८० मा प्रकाशित