काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सांसदहरु वडा अध्यक्षको लेवलमा आएको टिप्पणी गरेका छन् ।
सरकारले बजेट विनियोजनमा सांसद विकास कोष व्यूताएपछि महानगरप्रमुख शाहले यस्तो टिप्पणी गरेका हुन् । सरकारले प्रत्येक प्रत्यक्ष निर्वाचित सांसदलाई एक निर्वाचन क्षेत्रमा पाँच करोड खर्च गर्न पाउने गरी रकम विनियोजन गरेको थियो ।
‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ रु माननीय ज्युहरु,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
संवाददाता । मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित