Karnali Media
२०८३ भदौ ३० , मंगलबार

जुम्लाको सिञ्जालाई विशेष पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने



खस भाषा साहित्य र नेपाली सभ्यताको उद्गम स्थल जुम्लाको सिञ्जा क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । आइतबार कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा खस भाषाको उद्गम स्थल सिञ्जालाई विशेष पर्यटकीय स्थलका रुपमा विकास गरिने उल्लेख गरिएको हो ।

प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमको बुँदा नं. २९ मा खस राज्यको प्रवर्तक नागराजको प्रतिमा स्थापना गरी खस राजधानी सिञ्जालाई विशेष पर्यटकीय स्थलका रुपमा दरबार क्षेत्रको विकास गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।


एक वर्षमा १० हजार युवालाई रोजगारी दिने,कर्णालीमा उत्पादित वस्तुको ब्राण्डिङ,लेवलिङ प्याकेजिङ सहित बजारीकरण गर्ने,साक्षर प्रदेश घोषणा गर्ने,एक जिल्ला एक औद्योगिक ग्राम देखी नमुना विद्यालय स्थापना गर्ने लगायतका विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।

प्रकाशित मिति : २०८० जेठ २२ गते सोमबार