नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरका एक पाइलटलाई कारबाही गरेको छ। प्राधिकरणकाअनुसार हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले ती पाइलटलाई कारबाही गरिएको हो।
जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै ‘एक्टिभ ड्युटी’ बाट हटाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
उनकाअनुसार यस विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको छ।
संवाददाता । सोमबार, जेठ २२, २०८० मा प्रकाशित