सुर्खेत । कर्णाली मल प्रा.ली वीरेन्द्रनगगर–६ सुर्खेतले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कर्णाली मलले ६ जना कर्मचारी माग गरेको छ ।
लेखा सहायकको लागि १ जना कर्मचारीको माग गरिएको छ । जसको लागि लेखा विषय लिएर स्नातक उर्तीण वा चार्टर अकाउन्टको अन्तिम चरणको कुनै पनि परिक्षामा सहभागि भएको तथा कुनै प्राइभेट कम्पनी तथा वित्तिय संस्थामा लेखा व्यावस्थापनको काम गरेको र लेखा सफ्टवेयर चलाउन सक्ने महिला र पुरुषको लागि जागिर खुलेको छ ।
यस्तै, सेल्सम्यानको लागि ४ जना महिला पुरुषको लागि पनि कर्णाली मल प्रा.लीले कर्मचारी माग गरेको छ । जसका लागि न्यूनतम योग्यता एस.एल.सी पास र व्यापारिक क्षेत्रमा २ बर्ष कार्यअनुभव र कस्मेटिक ज्ञान भएकोलाई विशेष प्राथमिकता दिइने कर्णाली मलले जनाएको छ । र एक जना कार्यालय सहयोगीको लागि पनि विज्ञापन खुलेको छ ।
विज्ञापनः
संवाददाता । मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित