हाम्रो देशको विडम्बना राम्रा र असल मान्छेहरुले आश्रय नै नपाउने अवस्था आएको छ । यो मुलुक कतातिर जादैँछ ?, अहिलेको हाम्रो राजनीतिक नेतृत्वले यो देशको भविष्य कतातिर लग्दैछन् ? यसबारेमा अब गम्भिर हुन जरुरी छ ।
सम्पूर्ण नीतिहरुको प्रमुख नीति राजनीति हो तर बिडम्बना हाम्रो देशका राजनितिज्ञहरु नीति र विधिभन्दा पर रहेर कहिले उद्योगी बन्दछन् त कहिले बैंक, वित्तिय संस्था, बिमा कम्पनी, मेडिकल र होटल संचालक राजनिती र पावरको भरमा सधै व्यापार र सौदाबाजीमा हाम्रो अहिलेको नेतृत्व तल्लीन देखिन्छ । यस्तो कुनै पनि संसारको कुनै पनि मुलुकमा हुदैन र व्यवस्था पनि छैन । एक राजनितिक दलको नेता अझ भनौ जनताबाट निर्वाचित सांसद जनताको लागि भन्दा पनि आफु निकट व्यापारी र कार्यकर्ताको लागि सोच्छ । हाम्रो जस्तो भौगोलिक बनावटले सानो देशमा जनतालाई सुखी र समृद्ध बनाउन कुनै गाह्रो कुरा भने होइन । भुगोल सानो भएपनि यहाँ अनेकौ सम्भावना रहेका छन् । हामीले आफ्नो सम्भावनालाई पहिचान मात्र गर्न सकेको खण्डमा हाम्रो मुलुकको विकासको यात्रा स्वर्णिम युगमा पुग्नेमा दुईमत छैन ।
यस्तो कुनैपनि संसारको कुनैपनि मुलुकमा छैन । हाम्रो जस्तो भोगोलिक रुपमा सानो र सम्भावनाको रुपमा विशाल मुलुकमा विकास र समृद्धि टाढाको विषय भने होइनन् । यदपी यहाँको नेतृत्व यस्ता सम्भावनाको पहिचानमा भन्दापनि कुर्सी र सत्ताकै खेलमा रुमलिएको छ । कहिले कुनै गठबन्धन त कहिले कुनै गठबन्धन, यसरी चलिरहेको छ नेपालको लामो समयदेखिको राजनिती । १० बर्षे जनयुद्धले राजतन्त्र फालेर व्यवस्था त परिवर्तन गर्यो तर जनताको अवस्था भनै अझै उस्तै छ । व्यवस्थाले मात्र देशको परिवर्तन हुँदैन । यसैअनुसार राजनैतिक प्रवृत्ति र स्वभावको पनि परिवर्तन गर्नुपर्ने देखिन्छ ।
नेपालमा राजसंस्थाको अन्त्यपछि यदि कोही व्यक्ति निरन्तर सत्तामा छ भने ति पात्र प्रचण्ड नै हुन ।
अहिलेको सत्ता नेतृत्व जनताको मर्म र भावना भन्दापनि व्यापारी संग देशको सौदावाजी गर्दै करको दर समेत हेरफेर गर्न संविधानको मर्म र भावना विपरित पूर्णतः गैरकानुनी रुपमा विदेशी एजेन्टहरुलाई सहभागि गराउने गरको कुरा बेलाबेलामा विभिन्न संचारमाध्यममा आउने समाचारहरुले स्पष्ट नै गरेको छ । भर्खरै मात्र भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डलाई दिएको लज्जास्पद स्वागत पनि यसको परिमाण हो । देश विकास हुन रामायण युद्धमा रावणको लंका जलाउन मान्छेहरुको प्रयोग भएको भए सम्भव थियो होला त ? परिवर्तन र रुपान्तरण गर्नको लागि लंका जालाउन बादर को प्रयोग भयो । आखिर राम दरवार गए बादर र बालि आफ्नै गन्तव्य जंगलतिर प्रस्थान गरे । यसको सार केहो भने । हरेको आफ्नै विशेषता हुन्छन् । प्रत्येक व्यक्ति होस् वा जनावर केही न केही कुरामा अव्वल हुन्छन् । तर फरक के हो भने । नेतृत्व कूले गरेको छ । सधै शक्तिसाली र बल भएको व्यक्तिले मात्र युद्ध वा लडाई जित्छ भन्ने हुँदैन । कुन समयमा कुन पक्षले आफ्नो सहि नेतृत्व प्रयोग गर्छ विजयी यसमा भर पर्छ ।
अहिले हाम्रो देशको नेतृत्व प्रधानमन्त्री प्रचण्डले गरिरहेका छन् । नेपालमा राजसंस्थाको अन्त्यपछि यदि कोही व्यक्ति निरन्तर सत्तामा छ भने ति पात्र प्रचण्ड नै हुन । प्रचण्ड कै वरिपरि घुमिरहेको नेपालको राजनिती यदि प्रचण्डले व्यक्तिगत स्वास्र्थका लागि नगरेको भए सायद उनी नेपाली राजनितीका नायक कहलिन्थे होला । तर विडम्बना उनले नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त भएको यस व्यवस्थाको दुरुपयोग गर्दै आफ्नै आफन्त आसेपासे पोस्नमा नै समय बेथित गरे । उनको अहिलेसम्मको सबै संघर्ष कुर्सीकै लागि मात्र रहिआएको कुरा सर्वविवितै छ ।
प्रचण्डले पटक पटक देश र जनताको लागि केही गर्ने र नायक बन्ने अवसर पनि पाए तर यसको सदुपयोग भने गर्न सकेनन् । अहिले पनि यिनै प्रचण्ड आफ्नै नेतृत्वको सरकारमा छन् । सुरुवाती दिनमा केही आशालाग्दा काम गर्छन भन्ने जनतामा विश्वास थियो तर अब त्यो रहेन । पछिल्लो भारत भ्रमण र राष्ट्रपतिबाट मृत भइसकेको नागरिकता विधेयकको कार्यान्वयनले पनि यो सरकारबाट जनताको अपेक्षा मरेको छ ।
यो सरकारको सम्पूर्ण व्यवहार र प्रवृतीलाई नियाल्दा बादर प्रवृत्ति भन्दा पनि कम पर्दैन । नत देश बनाउन प्रचण्ड नायक बने नत नायक बन्ने अवसर अरुलाई नै दिए । प्रचण्ड कै प्रमुख भूमिकामा आएको यो व्यवस्था प्रचण्ड कै कारणले गर्दा असफल हुने पनि संकेत देखिन्छ । कुनैबेला भैंसी पुजा गर्ने, र आफ्नो संस्कार, रितिरिवाजको धज्जी उडाउदै हिड्ने प्रचण्ड अहिले भारतमा लम्पसार परेर मालिकलाई खुसी बनाउनैको लागि पनि गेरु बस्त्र धारण गरेर देखावटी भक्तिभाव गरेको सबैलाई अवगत नै छ ।
यसर्थ प्रचण्ड नेतृत्वको यो सरकारको अन्तिम परिक्षा पनि हो । पटक पटक प्रचण्डलाई सुध्रिने अवसर दिएका नेपाली जनताले अब भने पुनः अवसर दिन्छन् वा दिदैनन् त्यो भविष्यमा थाहा होला । तरपनि राष्ट्रको हितका लागि अझैपनि प्रचण्ड नसुध्रिए साच्चै व्यवस्था परिवर्तनमा आफ्नो आहुती दिएका सहिदहरुको आत्माले प्रचण्डलाई के भन्ने हो त्यो हामी कल्पना गर्न सक्दैनौ ।
दिपक रिजाल । मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित