सुर्खेत । यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कर्णाली प्रदेशको १६ सदस्यीय टोली घोषणा गरिएको छ।
कर्णाली प्रदेश क्रिकेट संघले सार्वजनिक गरेको १६ सदस्यीय टोलीको कप्तानी विपिन प्रसाद शर्माले गर्नेछन् । टिममा नबिन न्यौपाने, भुपेन्द्र जंग शाही, कस्तुप खड्का, अफराज आलम, कुन्जन आचार्य, रोशन शाही, कैलाश खड्का, बिजय बोहरा, नेत्र बिक्रम खत्री, बिजय शाही, यकेन्द्र बुढा, निश्चल हमाल, युवराज थापा, नमनसिंह थापा र कुशल डाँगी समावेश छन्।
सन् २०२५ मा संचालन हुने एसीसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै नेपालको राष्ट्रिय टिम छनौटका लागि यो प्रतियोगिताका आयोजना गरिएको हो।

नेपाल क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक जेठ १९ गतेदेखि ३१ गतेसम्म आयोजना हुने यस प्रतियोगितामा सात प्रदेशका यू-१६ क्रिकेट टिमका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।
लिग चरणमा हुने यस प्रतियोगितामा जम्मा २१ खेलहरु खेलिनेछन्। खेलहरु कालुङचोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा आयोजना हुनेछन्।
सम्बन्धित समाचार- कर्णालीमा यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
संवाददाता । शनिबार, जेठ १७, २०८२ मा प्रकाशित