नेपाल स्वास्थ्यकर्मी संघ दैलेख र नगर कार्यसमिति दुल्लुद्वारा दुल्लु अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । स्वास्थ्यकर्मी संघकाे ३२ औं स्थापना दिवसको अबसरमा नेपाल स्वास्थ्यकर्मी संघ दैलेखले दुल्लु अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरेको हो ।
संघको ३२ औं स्थापना दिवसको अबसरमा दुल्लु अस्पतालमा भर्ना भएर उपचार गराई रहेका ईमर्जेन्सी र साधारण वार्डमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरिएको नेपाल स्वास्थ्यकर्मी संघ दैलेख जिल्ला कार्यसमिती सचिव कमल कुमार भण्डारीले जानकारी दिए । ‘बुधवार दुल्लु अस्पतालको साधारण वार्डमा ५ र ईमर्जेन्सी वार्डमा ३ जना विरामी थिए, हामीले सबैलाई फलफुल बितरण गरेका छौं ।’ उनले भने ।नेपाली काग्रेस निकट नेपाल स्वास्थ्यकर्मी संघ ले ३२ औं स्थापना दिवसको अबसरमा आयोजित फलफुल वितरण कार्यक्रममा दुल्लु नगरपालिकाका प्रमुख भरत प्रसाद रिजाल, नेपाली काग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि किरण कुमार भण्डारी, प्रदेश २ ख सभापति टंक प्रसाद रिमाल, दुल्लु नगर सभापति लाल बहादुर रावत, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय महाधिवेशन प्रतिनिधि तुलसी प्रसाद उपाध्याय, कर्मचारी युनियन जिल्ला सचिव निराजन बिष्ट लगाएत अन्य स्वास्थ्यकर्मी संघका व्याक्तित्वहरु पनि सहभागी भएका थिए ।
फलफुल वितरण कार्यक्रममा सहभागी नगर प्रमुख रिजालले अस्पतालको शैयामा रहेर उपचार गराई रहेका सबै बिरामीहरुको स्वास्थ्य लाभको कामना गरेका थिए । गर्मी समय संगै बिभिन्न संक्रमणले मानव जातिको स्वास्थ्य सुरक्षामा चुनौती थपेको बताउदै नगर प्रमुख रिजालले सबै मानिसको अन्तिम ईच्छा भनेको बाच्न पाउनु नै रहेको बताए । धेरै बर्षसम्म बाच्न पाउनु वा दीर्घजिवी बन्नसक्नु, सुख तथा आरामदायी जीवन विताउन पाउनु र व्यक्तिगत जीवनको चर्चा तथा चौतर्फी प्रशंसाको अपेक्षा राख्नु विद्यमान आधुनिक युगका मानिसको सोचाई रहेको नगर प्रमुख रिजालले भनाई राखेका थिए ।
रोग, भोक र विभिन्न खाले युद्ध तथा संघर्षले विद्यमान मानव चहानालाई चुनौती दिई रहेको फलफुल वितरण कार्यक्रममा नगर प्रमुख रिजालले भनाई राखेका थिए । स्वास्थ्य सुरक्षालाई चुनौति दिई रहेको गर्मि र बर्षाद समय सुरुवात संगै भाईरस र ब्याक्टेरिया को संक्रमणबाट कोही पनि नआतिन आग्रह गर्दै नगर प्रमुख रिजालले जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने भनाई राखेका थिए ।
उक्त फलफुल तथा स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यक्रममा दुल्लु अस्पताल का मेडिकल अधिकृत डा.शिशिर शाैरभ , जन स्वास्थ्य निरिक्षक हिमाल आचार्य , अमृत बिश्वकर्मा, नगेन्द्र सापकाेटा ,नर्सिङ अधिकृत प्राथना चाैधरी, अनमी बिष्णु दानीलगाएतका अन्य स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
संवाददाता । बुधबार, जेठ २४, २०८० मा प्रकाशित