Karnali Media
२०८३ असार ९ , मंगलबार

युवाको नेतृत्व तथा क्षमता विकास अभिमुखिकरण सम्पन्न



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा युवाको नेतृत्व तथा क्षमता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १४ मा युवाहरुको नेतृत्व तथा क्षमता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय युवा परिषद सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर। १४ को वडा कार्यलय संग समन्वय गरेर समृद्ध राष्ट्रको आधार सशक्त युवा भन्ने नाराका लिएर युवाको नेतृत्व तथा क्षमता विकास सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न गरेको हो । वडाका युवाहरुलाई सुचनाको हक र यसको प्रयोग, प्रजनन स्वास्थ्य, यौन शिक्षा, रेडियो पत्रकारिता तथा उद्घोषण कला, युवा उद्यम र वित्तिय साक्षरता लगायतका बिषयमा विज्ञ प्रशिक्षकद्वारा प्रशिक्षण गराइएको थियो । कार्यक्रममा सहभागी युवाहरुले आफ्ना जनप्रतिनिधिलाई आगामी बजेटमा वडाका युवाहरुको क्षमता विकास र अभिवृद्धिका लागि के–कस्ता कार्यक्रम समावेश गर्ने भन्ने सम्बन्धमा सुझाब दिएका छ्न्।


वडाअध्यक्ष देब बहादुर रोकायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै वडाअध्यक्ष रोकायले वडाका युवालाई परिषद्संग जोड्दै आगामी दिनमा विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८० जेठ २७ गते शनिबार