Karnali Media
२०८३ भदौ १७ , बुधबार

बेपत्ता पारिएको भनिएकी बालिका सकुशल, परिवारको जिम्मा लगाइयो



सुर्खेत । यहि जेठ २९ गते दलितका लागि दलित आन्दोलनले एउटा विज्ञप्ती जारी गर्दै आवाज संस्थाले सुर्खेतकि एक १५ बर्षिया बालिकालाई बेपत्ता पारेको आरोप लगाएको थियो। तर संस्थाले आफुहरुमाथी लगाएको आरोप झुटो रहेको भन्दै प्रहरीको सहयोगमा बालिका खोजी कार्य अघि बढयो । प्रहरीले खोजी गर्दा बेपत्ता पारिएकी भनिएकी बालिका भागेर वीरेन्द्रनगरमा केटाकाे घरमा बसेकाे अवस्थामा फेला पारेको छ।

प्रहरी र संस्थाले बालिकालाई वीरेन्द्रनगर ल्याएर पुनः आमाको जिम्मा लगाइको छ । तर दलितका लागि दलित आन्दोलनले फोटो सहित निकालेको बालिकाको विज्ञप्तीले भने बालिकालाई मानसिक रुपमा नकारात्मक प्रभाव परेको बालिका बताउँछिन। आफुले कुनै आरोप नगरेको भन्दै बालिकाले एक्कासी आफ्नो फोटो सार्वजनिक हुँदा आफूलाई नकारात्मक प्रभाव परेको बताइन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण बहादुर शाहीले अनुसार उनी भागेर केटाकै घरमा बसेको जवाफ दिएकी छन् । उनले भने ‘उहाँ धेरै बोल्ने अवस्थामा हुनुहुन्न । एक्काशी फोटो बारिएपछि अलि विक्षिप्त भएको देखिनुहुन्छ।’


बिहीबार जिल्ला प्रहरी कार्यालयमा मानव अधिकार, बाल सञ्जाल, आवाज संस्था लगायतको उपस्थितिमा प्रहरीले बालिकालाई आमा र दिदीको जिम्मा लगाएको छ ।

यता आवाज संस्थाले आफुमाथी लगाएको आरोप र कुप्रचारबारे दुख व्यक्त गर्दै संस्थाले गरेकाे कामलाइ कुप्रचार गर्न र अनावश्यक वदनाम गराउने उदेश्यले गलत प्रचार गरिएको बताएको छ।

प्रकाशित मिति : २०८० जेठ ३२ गते बिहीबार