Karnali Media
२०८३ असार १७ , बुधबार

आजबाट वीरेन्द्रनगरमा नगरबस सुरु, यस्तो छ रुट



सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा आजबाट नगरबस सेवा सुरु हुने भएको छ।

वीरेन्द्रनगर नगरपालिकाले प्रत्येक बर्ष जसो नीति तथा कार्यक्रममा नगरबस सुरु गर्ने योजना ल्याउने भएपनी आजसम्म सुरु हुन सकेको थिएन। तर आजबाट पालिका सङ्गको समन्वयमा नीजि क्षेत्रले नगरबस सञ्चालन गर्ने भएको हो ।


संयुक्त यातायात व्यबस्थापन समितीले आजबाट वीरेन्द्रनगरमा १० वटा नगर बस सञ्चालन गर्ने भएको छ।

यस्तो छ रुट:
धुलियाविट – मंगलगढी – मुलपानी – प्रदेश अस्पताल – कुमाइचोक – हिलेखाली चोक – बाँगेशिमल र पुन: सोही रूट भएर गाडीहरू फर्कने ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार