सुर्खेतको वीरेन्द्रनगरमा नगरबस संचालनमा आएको छ। नगरबस संचालनमा आएसंगै महंगो भाडादरका कारण मर्कामा परेका वीरेन्द्रनगरबासीलाई रहात मिलेको छ । अब वीरेन्द्रनगरमा यात्रुहरुले मात्र २० रुपैयाँमा धुलियाबीटबाट बाङ्गेसिमलसम्मको यात्रा गर्न सक्नेछन् ।
वीरेन्द्रनगर नगरपालिकासंगको समन्वयमा सुर्खेत सयुक्त यातायात व्यवस्थापनले १० वटा नगर माइक्रोबस संचालनमा ल्याएको हो । नगरबसको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले नगरबस सेवा संचालनमा आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सयुक्त यातायात संगको सहकार्यमा नगरबसलाई थप स्तरिय बनाउने बताइन् ।
पहिलो चरणमा नगरबस वीरेन्द्रनगरको धुलियाविट, एयरपोर्ट, मंगलगढी चोक, यरिचोक, मुलपानी हुदै प्रदेश अस्पताल, हिलेखाली र बाङ्गेसिमल चोकसम्म संचालन हुनेछ । साथै आगामी दिनमा नगरबस र रुटहरुपनि थप्दै जाने सुर्खेत काक्रेविहार यातायात प्रालीका अध्यक्ष रमेश कुमार सापकोटाले बताए । उनका अनुसार यात्रुहरुलाई सहज र सहुलियत यात्रा दिन २० रुपैयाँ भाडादर तय गरिएको छ ।
नगरबसको उद्घाटन गर्दै नगरप्रमुख मोहनमाया ढकालले २० रुपैयाँ तिरेर बसपार्कदेखि धुलियाबिटसम्मको यात्रा गरिन । नगरबसले सहज र सुलभ सेवा दिएपछि यात्रुहरुपनि खुसी भएका छन् ।
संवाददाता । शुक्रबार, असार ०१, २०८० मा प्रकाशित