Karnali Media
२०८३ असार १७ , बुधबार

कर्णाली प्रदेश सभा अगाडी झडप, एसपी सहित ९ जना प्रहरी घाइते



सुर्खेत । कर्णाली प्रदेश सभा अगाडी धर्ना दिएर बसेका दलितका लागि दलित आन्दोलनमा सहभागी र प्रहरीबीच झडप हुँदा १० जना प्रहरी घाइते भएका छन्।

कर्णाली प्रदेश सरकारको बजेटमा दलित समुदायका विभिन्न मागहरु नसमेटिएको भन्दै आन्दोलनमा उत्रिएका दलित समुदाय र प्रहरीबीच शुक्रबार साँझ झडप हुँदा केहि प्रहरी र दलितका लागि दलित आन्दोलनका केहि जना घाइते भएका हुन्।


कर्णाली प्रदेश सरकारले शुक्रबार ल्याएको बजेट दलित मैत्री नभएको र दलित समुदायका मागहरु सम्बोधन नगरीको भन्दै धर्ना दिएर बसेका उनिहरुले मुख्यमन्त्री, अर्थमन्त्री लगायतको विरुद्दमा नाराबाजी गरेका थिए। आन्दोलन थओअ उग्र बनेपछी प्रहरी र दलितका लागि दलित अभियानमा सहभागीहरुबीच झडप भएको थियो।

झडपमा एसपी सहित ९ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रदर्शनकारी कतिजना घाइते भए भन्नेबारे कुनै विवरण आएको छैन। साथै प्रहरीले केहि प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको छ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार