कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको गरिबी, अशिक्षा र स्वास्थ सेवाको अभावका विरुद्ध एकताबद्ध संघर्ष गर्नु पर्ने बेला आएको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १३औं वार्षिकोत्सबमा बोल्दै मुख्यमन्त्री शर्माले यस्तो बताएका हुन् ।
वीरेन्द्रनगर, सुर्खेत कुईनेपानी स्थित मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा आयोजित समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको समग्र विकास र उन्नयनका लागी दक्ष जनशक्ति उत्पादनमा मध्यपश्चिम विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको बताए । उनले कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालय विच थप सहकार्य गर्दै जाने कुरा उल्लेख गर्दै कर्णालीको गरिबी, अशिक्षा र स्वास्थ सेवाको अभावका विरुद्ध एकताबद्ध संघर्ष गर्नु पर्ने बेला आएको बताए । यसै सन्दर्भमा यस पटक कर्णाली प्रदेश सरकारको निति तथा कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको अनुसन्धान र विकास कार्यक्रमका लागि सहयोग गर्ने भनि उल्लेख भएको समेत जानकारी दिएका थिए ।
आज कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माको प्रमुख आतिथ्यता तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं वार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।
संवाददाता । आइतबार, असार ०३, २०८० मा प्रकाशित