Karnali Media
२०८३ साउन १३ , बुधबार

दैलेखको छामघाट खोलामा डुबेर एकजना बालकको मृत्यु



दैलेखमा डुबेर एकजना बालकको मृत्यु भएको छ । सोमबार छामघाट खोलामा डुबेर ९ बर्षिया बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्ला दैलेख भैरवी गाउँपालिका ३ कोईराल गाउँ बस्ने रेशम बहादुर खत्रीका छोरा अन्दाजी बर्ष ९ का गगन खत्री रहेको जिल्ला प्रहरीक कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार उनी छामघाट खोलामा बाख्रा गोठालो गएको र सोही अवस्थामा पौडी खेल्ने क्रममा छामघाट खोलामा डुबेर मृत्यु भएको हो ।


प्रकाशित मिति : २०८० असार ५ गते मंगलबार