Karnali Media
२०८३ जेठ २५ , सोमबार

दुर्घटनामा सुदूरपश्चिमका कानूनमन्त्री सिंहकी पत्नीसहित २ जनाको मृत्यु, मन्त्रीको अवस्था गम्भिर



सडक दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश सरकारका कानूनमन्त्रीकी पत्नीसहित २ जनाको मृत्यु भएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै, मन्त्री सिंहको अवस्था गम्भिर रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइदैछ। मन्त्रीसहित ४ जना सवार रहेको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जानेक्रममा केदारस्युँ गाउँपालिकाको धारछडा दुर्घटना हुँदा उनको मृत्यु भएको हो।


गाडि सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

प्रकाशित मिति : २०८० असार ५ गते मंगलबार