Karnali Media
२०८३ भदौ २६ , शुक्रबार

कर्णाली, सुदूरपश्चिम र मधेसलाई बजेटमा विशेष प्राथमिकता दिइएको छः प्रधानमन्त्री प्रचण्ड



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव विकास सूचकांकमा पछि परेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत साधनको न्यायपूर्ण विनियोजन गरिएको बताएका छन्। प्रतिनिधि सभाका सांसदसँगको प्रश्नोत्तरमा उनले त्यस्तो बताएका हुन्।

‘मानव विकासका सूचकांकमा पछि परेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत साधनको न्यायपूर्ण विनियोजन गरिएको कुरा पनि मस्पष्ट गर्न चाहन्छ,’ सांसद अमरेशकुमार सिंहले उठाएका प्रश्नको उत्तरदिँदै उनले भने, ‘राज्यको सम्पूर्ण संरचनालाई समावेशी बनाउँदै, समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रयत्नशील पनि प्रतिबद्ध पनि छ।’


उनले उही अनुसार कानुनी, नीतिगत सुधारलाई निरन्तरता दिने कुरामा सरकार स्पष्ट रहेको पनि बताए।

प्रतिनिधि सभामा प्रश्नोत्तर जारी छ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रबार