सुर्खेत । नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरी शनिबार सुर्खेत आउँने भएका छन् । जिल्ला धारु कल्याणकारी समिती सुर्खेतले आयोजना गर्न कार्यक्रममा सहभागी हुन उनी वीरेन्द्रनगर सुर्खेत आउँन लागेका हुन ।
उनले भोली सुर्खेतमा हुने कार्यक्रमको सम्बोधन गर्नेछन् । यस्तै कार्यक्रममा लुम्बीनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्म बहादुर चौधरी, प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी, प्रदेश सभा सदस्य नरमाया ढकाल र निर्मला देवि चौधारीको पनि सहभागिता रहने जिल्ला थारु कल्याणकारी अध्यक्ष बेजुलाल चौधरीले जानकारी दिए ।
जिल्ला थारु कल्याणकारी समितिको कार्यक्रम सुर्खेत वीरेन्द्रनगरको घण्टाघर खुल्लामन्चमा दिउँसो ३ बजे हुनेछ ।
संवाददाता । शुक्रबार, असार ०८, २०८० मा प्रकाशित