सुर्खेत । नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरी आज सुर्खेत आउँने भएका छन् । जिल्ला धारु कल्याणकारी समिती सुर्खेतले आयोजना गर्न कार्यक्रममा सहभागी हुन उनी वीरेन्द्रनगर सुर्खेत आउँन लागेका हुन ।
उनले आज सुर्खेतमा हुने कार्यक्रमको सम्बोधन गर्नेछन् । उनी आज विहान ९ बजे सुर्खेत विमानस्थलमा आउने साथै विमानस्थलमा नै पत्रकारहरुसंग भेटघाट कार्यक्रम पनि रहेको छ । आज दिउँसो ३ बजे जिल्ला थारु कल्याणकारी समितिले वीरेन्द्रनगर घण्टाघरको खुल्लामञ्चमा आयोजना गर्ने कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन् ।
यस्तै कार्यक्रममा लुम्बीनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्म बहादुर चौधरी, प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी, प्रदेश सभा सदस्य नरमाया ढकाल र निर्मला देवि चौधारीको पनि सहभागिता रहने जिल्ला थारु कल्याणकारी अध्यक्ष बेजुलाल चौधरीले जानकारी दिए ।
संवाददाता । शनिबार, असार ०९, २०८० मा प्रकाशित