मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । देशभर मनसुन फैलिएसँगै सातै प्रदेशमा वर्षा भइरहेको छ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ व।
आज दिउँसो सामान्य बदली भई देशभर केही स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
राति पूर्ण बदली भई देशका धेरै स्थान मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुनेछ।
संवाददाता । शनिबार, असार ०९, २०८० मा प्रकाशित