Karnali Media
२०८३ जेठ २६ , मंगलबार

काठमाडौं महानगरले ल्यायो ‘गरिखाने शिक्षा महानगरको इच्छा’ कार्यक्रम



काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामूदायिक स्कुलका प्रध्यानाध्यापकहरुको तलब वृद्धिको घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०८१ को बजेट सार्वजनिक गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् ।

साथै महानगरले शिक्षाको गुणस्तर सूधार गर्न भन्दै ‘गरिखाने शिक्षा महानगरको इच्छा’ नारासमेत अगाडि सारेको छ । जसका लागि महानगरले रु ५० करोड बजेट विनियोजन गरेको छ ।


यसैबीच आइतबार बसेको १३ औँ नगरसभामा महानगरका उपप्रमुख डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी छन्।

प्रकाशित मिति : २०८० असार १० गते आइतबार