सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ३ यरिचोकबाट लागूऔषध सहित एकजनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
यरिचोकमा रहेको आचार्य चिया पसलमा लागूऔषध कारोबार गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जनाको प्रहरी टोलीले चेकजाँच गर्दा शुद्ध ६०० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित वीरेन्द्रनगर ९ लाटिकोईली बस्ने बर्ष २५ का देबु भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
संवाददाता । बुधबार, असार १३, २०८० मा प्रकाशित