दैलेख । मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा दैलेखमा भएको जिल्ला भेलाबाट मदन भण्डारी फाउण्डेशनको २३ सदस्यीय नयाँ जिल्ला कार्यसमिती सर्वसम्मत चयन गरिएको छ ।
मदन भण्डारी फाउण्डेशन दैलेखको अध्यक्षमा चन्द्रप्रसाद दाहाल सर्वसम्मत निर्वाचित भएका छन् । साथै सचिवमा दिपक रिजाल चयन भएका छन् । यस्तै उपाअध्यक्षमा गिता रम्तेल, कोषाअध्यक्षमा सीता शाही सदस्यहरुमा भरत पोखरेल, चेतन जैसी, रबिन्द्र प्रसाद शर्मा, बसन्ता साही, दिपक केसी, बिस्नु कुमारी जैसी, हिमालय जंग शाह, पुर्ण बहादुर ओली, मुना थापा मगर, मिना गुरुङ, चन्द्र प्रसाद पोखरेल, दिपक रेग्मी, देवेन्द्र बहादुर शाही, लाल बहादुर शाही, बिजय बिक्रम सिजापती, लोकेन्द्र रिजाल, जानकी शाही, बिष्णु देबि पाण्डे र गंगार ढकाल निर्वाचित भएका छन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
नयाँ निर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमका अध्यक्ष तथा फाउण्डेशनका निवर्तमान अध्यक्ष रुद्र शाहीले मदन भण्डारीको जनताको बहुदलिय जनवादका मार्गदर्शन प्रत्येक जनता माझ स्थापित गर्दै सबैलाई यसको सिद्धान्तलाई बुजाउनु पर्ने धारणा व्यक्त गरे । जिल्ला भेलाको प्रमुख अतिथी मदन भण्डारी फाउण्डेशन कर्णाली प्रदेश अध्यक्ष रबिन्द्र शर्माले रहेका थिए । यस्तै नेकपा एमालेका दैलेख जिल्ला उपाध्यक्ष प्रेम बुढा, दुल्लु नगर कमिटी अध्यक्ष हर्क बहादुर खड्काले बधाई तथा शुभकामना सहितको मन्तव्य राखेका थिए ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बिहिबार, असार १४, २०८० मा प्रकाशित