Karnali Media
२०८३ भदौ १८ , बिहीबार

कर्णाली प्रदेशमा आज धान दिवस मनाउन सार्वजनिक बिदा



कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा आज सार्वजनिक बिदा छ । कर्णाली प्रदेश सरकारले आज राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो।

जुम्लामा भने हरेक वर्ष चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिने गरिएको छ । जुम्लामा मार्सी धानको रोपाइँ सकिएको छ । पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् ।


जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रबार