कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतका सडकहरु आजभोलि फरकिलो र चिटिक्का परेका छन् । कुनैबेला मुख्य सडक नै साँघुरो र जताजतै खाल्डाखुल्डी हुने वीरेन्द्रनगरको अहिले मुहार नै फेरिएको छ ।
सडकलाई चौडा पारेर नयाँ कालोपत्रे भएपछि वीरेन्द्रनगरबासी खुसी भएका छन् । प्रदेश राजधानी भएकोले विभिन्न प्रयोजनका लागि यहाँ आउँने व्यक्तिहरुले पनि सडकको प्रसंसा गर्ने गरेका छन् । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र मंगलगढी चोकबाट वीरेन्द्रचोक हुँदै गणेशचोक जाने सडक तथा वीरेन्द्रचोकबाट एरिचोक र भानुपार्क जाने सडक स्तरउन्नती र कालोपत्रे भएसंगै वीरेन्द्रनगरको स्वरुप फेरिएको हो ।
आजको फोटो कथामा सडक स्तरउन्नती पछि वीरेन्द्रनगरको स्वरुप नै फेरिएको उक्त सडकका केही तस्बिरहरु लागि राखेका छौ ।
संवाददाता । आइतबार, असार १७, २०८० मा प्रकाशित