Karnali Media
२०८३ जेठ २८ , बिहीबार

कर्णालीका मुख्यमन्त्री शर्माले भने- ‘राज्य अझै दीर्घकालीन विकासतर्फ अग्रसर हुन सकिरहेको छैन’



सुर्खेत । राज्य अझै दीर्घकालीन विकासतर्फ अग्रसर हुन नसकिरहेको र अझै प्रक्रियामै अल्झिरहेको कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले‌ बताएका छन् । राज्य अझै पनि आजको आवश्यकतातिर नफर्किएको उनदले बताएका छन् ।

सोमबार वीरेन्द्रनगरका आयोजित विकास निर्माण लगायत समसामयिक विषयमा आयोजित बहस कार्यक्रममा उनले भने ‘हामी नियम कानुनमा नबाँधिएर पनि हुँदैन तर, नियम कानुनले अन्तर्विरोध सृजना गरिदिएका छन्’, उनले भने, ‘पहिलो कुरा विकास सोचमा हुनुपर्छ। राज्य अलि प्रक्रियामुखी छ। प्रक्रिया खोज्दा खोज्दा हामी कहिले कहाँ पुग्ने ठेगान छैन।’


राजनीति गर्ने तरिका पछौटेपनमा आधारित रहेको भन्दै मुख्यमन्त्री शर्माले एक दलले गरेको कामको अर्को दलले अस्तित्व स्वीकार गर्न नसकेको बताए। यसले विकासलाई अझ पर धकेल्ने काम गरिरहेको उनको भनाई थियो ।

प्रकाशित मिति : २०८० असार १८ गते सोमबार