Karnali Media
२०८३ जेठ २८ , बिहीबार

कांग्रेसका शीर्ष नेताको बैठकमा पूर्णबहादुरको अनुपस्थित



नेपाली कांग्रेसका शीर्ष नेताको बैठकमा उपसभापति पूर्णबहादुर खड्का उपस्थित हुन नसक्दा नीति महाधिवेशनको मितिबारे छलफल हुन सकेन ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र नीति महाधिवेशनको मितिका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीलाई धुम्बाराही निवासमा डाकेका थिए । बैठकले केन्द्रीय समितिको बैठक २७ असारबाट बोलाउने निर्णय गरेको छ ।


बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे पनि थप छलफल हुन सकेन । उपसभापति खड्काले अस्वस्थताका कारणले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको एक नेताले बताए ।

प्रकाशित मिति : २०८० असार २० गते बुधबार