सुर्खेत। उपभोक्ता समितीको ६ लाख ५० हजार रकम लुटेर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ का वडा अध्यक्ष विनोद सिंह विष्ट सहित ३ जना फरार भएका छन् । उपभोक्ता समितीको पैसा लुटेर वडाध्यक्ष विनोदसिंह विष्ट सहित सुशिल गुरुङ र बलिराज शाहीले सोही वडाको खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएको आरोप लगाइएको हो ।
बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट काम सिद्ध्याई बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दिपा खड्काले कर्णाली मिडियालाई जानकारी दिइन् । उनीहरुले रकम लिएर फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उपभोक्ता समितीका सदस्यहरुले उजुरी पनि दिएका छन् ।
संवाददाता । शुक्रबार, असार २२, २०८० मा प्रकाशित