Karnali Media
२०८३ भदौ १८ , बिहीबार

देशभर पानी पर्ने सम्भावना



हाल कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।


राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्सहित भारी वर्षा हुनेछ।

भोलि (आइतबार) पनि देशका सबै प्रदेशका केही स्थानमा वर्षा हुनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

राति कोशी र मधेस प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भावना छ। सोमबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिबार