Karnali Media
२०८३ असार १७ , बुधबार

६ जना सवार हेलिकोप्टर लामजुराडाँडामा दुर्घटना



सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ ।

बिहान ९ : ५२ मा सुर्केबाट उडेको मनाङ एयरको नाइन एन – एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिइन् । ‘च्यानडाँडामा चौरी गोठालाहरुले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन् । ६ जना चढेका रहेछन्,’ कार्कीले भनिन् ।


क्याप्टेन चेत गुरुङले हेलिकोप्टर उडाएका थिए । हेलिकोप्टरमा क्याप्टेनबाहेक ५ जना विदेशी रहेको लुक्ला विमानस्थलका एटीसी अफिसर सागर कँडेलले जानकारी दिए ।

हेलिकोप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर कँडेलले जनाए ।

प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार