आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि कर्णाली प्रदेश सरकारले ल्याएको बजेट मंगलबार प्रदेशसभाको २५ औँ बैठकबाट बहुमतले पारित भएको छ ।
असार १ गते संसदमा अर्थमन्त्री बेदराज सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट प्रस्तुत गरेका थिए । चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ.१९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएको छ ।
संवाददाता । मङ्गलबार, असार २६, २०८० मा प्रकाशित