सुर्खेत । कर्णालीका ७५ वटा स्थानीय तहले बजेट ल्याइसक्दा ४ स्थानीय तहले भने अझै बजेट ल्याउन सकेका छैनन्। संविधानतः स्थानीय तहले १० असारमै बजेट ल्याइसक्नुपर्ने हुन्छ भने असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ । तर, कर्णालीका चार वटा स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।
बजेट ल्याएका पालिकाहरुले पनि साउन महिना लागिसक्दा समेत बजेट पारित गर्न सकिरहेका छैनन् ।राजनीतिक प्रतिशोधका आधारमा पालिकाहरूमा द्वन्द्व फैलिएपछि यस्तो भएको हो । कर्णालीमा ७९ वटा स्थानीय तहहरू रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा उल्लेख गरिए अनुसार ७९ वटा पालिका रहेको कर्णालीका ७५ वटा पालिकाले बजेट पेस गरिसकेका छन् ।
मन्त्रालयले हुम्लाको चंखेली गाउँपालिका, ताँजाकोट गाउँपालिका, सर्केगाड गाउँपालिका र सल्यानको कुमाख गाउँपालिका रहेका छन् । तर, हुम्लाका तीनवटै पालिकाले बजेट ल्याएर पनि पारित भइसकेको जनाएका छन् । तथापि वेबसाइटमा प्रविष्ट नगरिएका कारण पेस हुन् बाँकी भनेर उल्लेख गरिएको छ ।
संवाददाता । मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित