Karnali Media
२०८३ जेठ २८ , बिहीबार

सांसद साेविता गौतमले जितिन् ‘द वर्ल्ड वान योङ पोलिटिसियन अफ दि एयर अवार्ड’



राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘द वर्ल्ड वान योङ पोलिटिसियन अफ दि एयर अवार्ड’ जितेकी छन् । आफ्नो पदको उपयोगमार्फत समुदाय र युवा पुस्तामा सकारात्मक प्रभाव पार्न सफल १८ देखि ३५ वर्षभित्रका ५ नेतालाई यो अवार्ड दिने गरिएको छ ।

मंसिर २०७९ काे चुनावमा २७ वर्षीया साेविता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा विजयी भएकी थिइन् । १५ हजार २ सय २९ मत ल्याएर जित हात पारेकी उनले एमालेका मणिराम फुयाल र पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी ओनसरी घर्ती मगरलाई पराजित गरिदिएकी थिइन् । उनी प्रतिनिधिसभामा कान्छी सदस्य हुन् । साेवितासँग अधिवक्ता, पत्रकारिता र सामाजिक संघसंस्थामा रहेर काम गरेको अनुभव छ ।


‘द वर्ल्ड वान योङ पोलिटिसियन अफ दि एयर अवार्ड’का लागि सोवितासँगै क्यानाडाकी एरियल कयाबगा, अस्ट्रेलियाकी आयोर मकोर कुट, न्युजिल्याण्डका मोको टेपानिया र बेल्जियमका सेमुएल कोगोलाटी पनि छनौट भएका छन् ।

उनीहरूलाई यसै वर्ष हुने वान योङ वर्ल्ड समिट मा पुरस्कार प्रदान गरिने जनाइएकाे छ ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहीबार