Karnali Media
२०८३ असार १७ , बुधबार

दैलेखमा सिचाँई पोखरीमा डुबेर २ बालिकाको मृत्यु



सुर्खेत । दैलेखमा सिचाँई पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ। जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर–३, पानिलोलामा सिचाईँ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको हो।

सिचाँई पोखरीमा डुबेर मृत्यु हुनेमा ८ वर्षीय बिपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेका छन्। बिहीबार साझ ६ बजेको समयमा उनिहरूको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ।


उनिहरू दुबै जनाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रबार