सुर्खेत । दैलेखमा सिचाँई पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ। जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर–३, पानिलोलामा सिचाईँ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको हो।
सिचाँई पोखरीमा डुबेर मृत्यु हुनेमा ८ वर्षीय बिपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेका छन्। बिहीबार साझ ६ बजेको समयमा उनिहरूको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
उनिहरू दुबै जनाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित