सुर्खेत । प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–५ बबई चेक पोष्टबाट अबैध १ सय ५५ केजी चिनी बरामद गरेको छ।
नेपालगंजबाट अछामतर्फ जाँदै गरेको लु २ ख ६५६१ नम्बरको फोर्स गाडिलाई चेकजाच गर्ने क्रममा कुनै पनि बिल नभएको अबैध अन्दाजी १ क्विन्टल ५५ केजी चिनी बरामद गरी पोष्टमा राखिएको र उक्त गाडिलाई गन्तव्यतर्फ पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
संवाददाता । शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित