Karnali Media
२०८३ असार १७ , बुधबार

घरमा आगो लगाएको आशङ्कामा १० जना पक्राउ



जिल्लाको गुठीचौर गाउँपालिकाकाे विभिन्न ठाउँका सात वटा घरमा आगो लगाएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति ११ बजे देखि १ बजेसम्मको अन्तरालमा ति घरमा आगलागी भएको थियो। जिल्ला प्रहरी कार्यालय जुम्लाले शंकास्पद दश जना नियन्त्रमा लिएर अनुसन्धान थालिएको जनाएको छ।


जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले उनीहरु संलग्न रहेको आशंकामा पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताए।

गएराती धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक,माथिल्लो देहारजिबुरमा एक, खल्ला वडामा दुई गरी सात घरमा आगो लागइएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिबार