सुर्खेतका युवा व्यापारीहरु विशाल ढकाल लगायत उपेन्द्र खडका, डम्मर गौतम सहितको टिमले काठमाडौंमा रहेको ख्यातिप्राप्त फेसियल हाउसको शाखा सुर्खेतमा असोज २१ गतेबाट शाखा सञ्चालनमा ल्याउनुहुने भयको छ ।
शाखाको असोज २१ गते घटस्थापनाको दिन उद्घाटन हुने छ ।
करिब १३ वर्ष देखि काठमाडौं लगायत पोखराबाट समेत सेवा दिईरहेको चर्चित फेसियल हाउसको शाखा बिरेन्द्रनगर सुर्खेतको लक्ष्मिहल नजिकैबाट सञ्चालनमा आउने भएको छ ।
शाखाका सञ्चालक विशाल ढकालले उच्च प्रबिधिको फेसियल हाउस कर्णाली मा नभयको दाबी गर्दै यहाँका नागरिकहरुका लागी फेसियल सम्बन्धि रिसर्चसहितको ब्यबस्था गरि उपयुक्त र गुणस्तरीय रुपमा सेवा दिन उक्त फेसियल हाउस सञ्चालनमा ल्याईएको बताउनुभयो
। शाखाबाट हेयरकटिङ्ग,कलरिङ्ग लगायत फेसियल सम्बन्धी सम्पुर्ण सेवा को सुविधा लिन सकिने बताउनु भएको छ।

संवाददाता । सोमबार, असोज १८, २०७८ मा प्रकाशित