Karnali Media
२०८३ भदौ १८ , बिहीबार

सिद्धापाईलामा बृक्षारोपणका साथै सरसफाई कार्यक्रम सम्पन्न



सुर्खेत । वीरेन्द्रनगर जुनियर जेसिज र काक्रेबिहार क्लब को आयोजना तथा माई ग्रिन एण्ड क्लिन स्कुलको समन्वयमा तथा विभिन्न क्लबहरु को सहयोगमा समुद्री सतह देखि करिब १९६०.४५ मिटर उचाईमा रहेको सिद्धापाईलामा बृक्षारोपणका साथै सरसफाई तथा पदयात्रा कार्यक्रम गरिएको छ।

साथै शनिबार वीन्द्रनगर जुनियर जेसिजको तेस्रो बोर्ड बैठक समुद्री सतह देखि करिब १९६०.४५ मिटर उचाईमा समापन पनि गरिएको थियो।


कार्यक्रममा हरित अभियान्ता किरण किशोर सापकोटा, काक्रेबिहार क्लबका अध्यक्ष तथा नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष चन्द्र प्रकाश शाही र वीन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष देब रोकायाको उपस्थिती रहेको सामाजिक अभियान्ता एवम् कार्यक्रम संयोजक शंकर आचार्य जानकारी दिए।

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर जुनियर जेसिजका अध्यक्ष रुप बहादुर बुढा क्षेत्रीले आगामी दिनहरुमा पनि यस्तै किसिमका कार्यक्रम आयोजना गर्दै जाने बताए।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिबार