Karnali Media
२०८३ साउन १३ , बुधबार

वीरेन्द्रनगरमा भरुवा बन्दुक सहित दर्लामी प्रहरी नियन्त्रणमा



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले वीरेन्द्रनगर नगरपालिका १४ राम्चे बस्ने बर्ष ४० का गोबिन्द दर्लामीको घरबाट १ नाल भरुवा बन्दुक फेला पारी मानिस सहित नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रकाशित मिति : २०८० साउन ७ गते आइतबार