Karnali Media
२०८३ कात्तिक २३ , आइतबार

डा. महेन्द्र कुमार मल्लको तिज गीत ‘राधा’ मंगलबार सार्वजनिक हुँदै



सुर्खेत । भाषा तथा साहित्यमा विद्यावारिधी गरेका प्राध्यापक डा. महेन्द्रकुमार मल्लको तिज गीत ‘राधा’ मंगलबार सार्वजनिक हुने भएको छ। यो गीत सुर्खेतको बुलबुलेमा छायाङ्कन भएको हो।

डा. महेन्द्र कुमार मल्लले निर्माण गरेको राधा गीतमा महेन्द्र कुमार मल्ल स्वयमको शब्द रचनामा रहेको छ । गायिका अनु चौधरीको स्वर रहेको छ। दिपा शाही मुख्य कलाकारको रुपमा रहेको यस गितको निर्देशन कुलमान नेपालीले गरेका छन्। शिव संगितको संगित, सुनील परियारको एरेन्ज, अर्जुन सापकोटाको सिनेम्याटोग्राफी, नितु सिंहको व्यवस्थापन र गंगा बस्यालको मेकअपमा बनेको यो गीतको सम्पादन मनोज कार्कीले गरेका हुन्।


भोलि बेलुका पौने ४ बजे महेन्द्र कुमार मल्ल युटुब च्यानलमा सार्वजनिक हुने यो गीतको सार्वजनिक कार्यक्रमको अपराहन्न ३ बजेबाट कर्णाली मिडियाले प्रत्यक्ष प्रसारण सुरु गर्नेछ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमबार