कर्णाली प्रदेशलाई प्रमुख सचिव बिहिन नबनाउन सांसद घनश्याम भण्डारीले आग्रह गरेका छन् । कर्णाली प्रदेश सभामा बोल्दै उनले हिजोमात्र भएको नेपाल सरकारको मन्त्रीपरिषदको निर्णयबाट कर्णाली प्रदेश प्रमुख सचिव विहिन बनेको भन्दै प्रमुख सचिव बिहिन नबनाउन आग्रह गरेका हुन् ।
उनले भने, ‘हिजोमात्र भएको नेपाल सरकारको मन्त्रीपरिषदको निर्णय अनुसार कर्णाली प्रमुख सचिव विहिन प्रदेश बनेको छ । र हाम्रै प्रदेशबाट २ जना सचिवहरु प्रमुख सचिवको रुपमा अरु दुई प्रदेशमा जानुभएको छ । यसकारण हाम्रो मन्त्रीपरिषद नै प्रमुख विहिन हुने अवस्था अन्त्य गर्नको लागि सभामुख मार्फत ध्यानाकर्षण गराउन चाहान्छु ।’
यस्तै सामाजिक बिकास समितिको प्रगती प्रतिबेदन दर्ता गर्दै उनले प्रदेशको र स्थानिय तहको संचित कोषमा असारमा खर्च नभएको रकम राख्न पाउने कानुनी व्यवस्था गर्न संघीय सरकारलाई अनुरोध समेत गरेका छन् ।
संवाददाता । सोमबार, साउन ०८, २०८० मा प्रकाशित