सुर्खेत । भाषा तथा साहित्यमा विद्यावारिधी गरेका प्राध्यापक डा. महेन्द्रकुमार मल्लको तिज गीत ‘राधा’ सार्वजनिक भएको छ। यो गित सुर्खेतको बुलबुलेमा छायाङ्कन भएको हो।
मंगलबार सुर्खेतको बहुमुखी क्याम्पसमा नेपाली भाषा शिक्षा विभागको आयोजनामा तीज गीत राधाको लोकार्पण गरिएको हो ।
डा. महेन्द्र कुमार मल्लले निर्माण गरेको राधा गितमा गायिका अनु चौधरीको स्वर रहेको छ। दिपा शाही मुख्य कलाकारको रुपमा रहेको यस गितको निर्देशन कुलमान नेपालीले गरेका छन्। शिव संगितको संगित, सुनील परियारको एरेन्ज, अर्जुन सापकोटाको सिनेम्याटोग्राफी, नितु सिंहको व्यवस्थापन र गंगा बस्यालको मेकअपमा बनेको यो गितको सम्पादन मनोज कार्कीले गरेका हुन्।
महेन्द्र कुमार मल्ल युटुब च्यानलमा यो गीत सार्वजनिक भएको छ।
संवाददाता । मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित