लागूऔषध मुद्दामा अदालतले सजाय तोकेर फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।
जुम्लाको चन्दननाथ नगरपालिका ५ जुगार्डपुल नजिकबाट लागूऔषध (ब्राउन सुगर) मुद्दामा जुम्ला जिल्ला अदालतले २०७९ साल बैशाख २२ गते गरेको फैसला अनुसार ९ महिना १ दिन कैद र दश हजार नगद जरिवाना तोकिएर फरार रहेका प्रतिवादी जुम्ला जिल्ला चन्दननाथ नगरपालिका ५ बस्ने बर्ष २९ का डम्बर ध्वज खाणलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले फेला पारी प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा राखेको छ ।
संवाददाता । शुक्रबार, साउन १२, २०८० मा प्रकाशित