Karnali Media
२०८३ भदौ १८ , बिहीबार

लियो क्लब अफ सुर्खेत भैरबस्थानको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न



सुर्खेत । लियो क्लब अफ सुर्खेत भैरबस्थानको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

लियो प्रमिला खनालको अध्यक्षतामा शनिबार पदस्थापना तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लियो क्लब अफ भैरवस्थान सुर्खेतको नयाँ कार्यसमितिको पदस्थापना सङ्गै प्रमाणपत्र पनि वितरण गरिएको थियो ।


उक्त कार्यक्रममा लियो क्लब अफ सुर्खेत भैरबस्थानका संस्थापक अध्यक्ष तथा हरित अभियान्ता किरण किशोर सापकोटा, लियो क्लब अफ भैरवस्थानका पूर्वअध्यक्षहरु लियो शंकर आचार्य, सुजिता रोकाय लगायत वीरेन्द्रनगर जुनियर जेसिज बर्ष २०२३ का अध्यक्ष रुप बहादुर बुढा क्षेत्री को पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष प्रमिला खनालले
लियो क्लब लाई अझै सशक्त र बलियो बनाउँदै लैजाने बताइन ।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिबार