Karnali Media
२०८३ कात्तिक २३ , आइतबार

भिरबाट खसेको ढुंगाले लागेर सल्यानमा बालकको मृत्यु



सल्यानमा ढुंगाले लागेर एक बालकको ज्यान गएको छ। शारदा नगरपालिका-९ ढिकमुनी बस्ने पूर्णबहादुर बुढाथोकीको छोरा वर्ष ११ का अर्जुनको शनिबार दिउँसो ३ बजेतिर मृत्यु भएको हो।

घरदेखि करिब ५ सय मिटर उत्तरतर्फ पर्ने सुनधारा सामुदायिक वनमा साथीसँग बाख्रा चराउन गएका बेला माथिबाट खसेको ढुंगाले लाग्दा अर्जुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।


जिल्लाबाट खटिएका प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको र लासलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिबार