Karnali Media
२०८३ असार १८ , बिहीबार

पेट्रोलको मूल्य प्रतिलिटर ९ र डिजेल ७ रुपैयाँले बढ्यो



नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।

पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७-७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।


ठाउँअनुसार मूल्य फरक फरक छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १६ गते मंगलबार