Karnali Media
२०८३ भदौ २२ , सोमबार

दुल्लुमा नेपाल कम्युनिष्ट (माओवादी) पार्टीको नाममा चन्दा असुली गर्ने २ जना पक्राउ



दैलेख । नेपाल कम्युनिष्ट (माओवादी) पार्टीको नाममा चन्दा माग्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुल्लु नगरपालिका वडा नम्बर १३ बस्ने बर्ष १९ का समीर शाही र बर्ष २८ का चन्द्र बहादुर शाही रहेका छन् । उनिहरुले यहि साउन १६ गते नेपाल कम्युनिष्ट (माओवादी) पार्टीलाई आर्थिक सहयोग भन्दै दुल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजाल लाई रु. ५० हजार आर्थिक सहयोग गरीदिनु भन्ने रसिद र पत्र दल्लु नगरपालिकाको कार्यालयमा गई बुझाएका थिए ।


नगरप्रमुख रिजालले ईलाका प्रहरी कार्यालय दुल्लुलाई चन्दा असुलीको रसिद पत्र आएको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा गएको प्रहरीको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो । साथै उनिहरुको साथबाट नेपाल कम्युनिष्ट (माओवादी) पार्टीको ५ थान पम्प्लेट, नेपाल कम्युनिष्ट (माओवादी) पार्टीको सहयोग ठेली १ थान, स्टम प्याट, पार्टीको छाँप, डायरी र कपि १-१ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा ल्याएर जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत दैलेखबाट चन्दा ऐन २०३० सम्बन्धि मुद्दामा मुद्दा दर्ता भएर साउन १७ गतेदेखि लागु हुने गरी ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८० साउन १७ गते बुधबार