सुर्खेत । सुर्खेत काँक्रेविहार यातायात प्रालीलाई सयुक्त यातायातबाट हटाइएको छ । विभिन्न यातायात प्रालीहरु मिलेर सयुक्त यातायातका रुपमा सार्वजनिक सवारी साधन संचालन हुँदै आएकोमा सयुक्त यातायातमा संलग्न प्रालीहरुबाट सुर्खेत काँक्रेविहार यातायात प्रालीलाई छुट्याइएको हो ।
आज सयुक्त यातायातमा संलग्न अन्य प्रालीका र सुर्खेत काँक्रेविहार यातायात प्रालीका बसहरु छुट्टाछुट्टै संचालनमा आएका छन् ।
सुर्खेत काँक्रेविहार यातायात प्रालीका अध्यक्ष रमेश सापकोटाका अनुसार नयाँ गाडी सुर्खेत काँक्रेविहार यातायात प्रालीमा इन्ट्री हुन आएको र उक्त गाडीको संचालनलाई लिएर विवाद भएपछि सयुक्तबाटफुहरुला आई हटाइएको बताए । आजबाट करिब ९ वटा यातायात प्राली एकातिर भएर सयुक्त यातायातबाट सुर्खेत काँक्रेविहारलाई हटाएर गाडीहरु संचालन भइरहेका छन् । कर्णाली मिडियासंग कुरा गर्दै उनले भने, ‘व्यावसायीहरुले करोडौ लगानी गरेर बस किनिसकेपछि कुन प्रालीमा जाने भन्ने उनीहरुको आफ्नो व्यक्तिगत कुरा हो । ग्यारेजमा जाँदा जुन प्रालीमा जाने भनिएको भएपनि संचालनमा आउँदा उक्त बस जुनसुकै प्रालीमा पनि इन्ट्री हुनसक्छ । अहिले सयुक्त यातायातका अन्य बसहरु र सुर्खेत काँक्रेविहार प्रालीका बसहरु छुट्टाछुट्टै संचालन भइरहेका छन् ।’
सुर्खेत काँक्रेविहार यातायातलाई किन हटाइयो सयुक्त यातायातबाट ?
एउटा नयाँ गाडी सुर्खेत काँक्रेविहारबाट संचालन हुनका लागि इन्ट्री भएको थियो । उक्त गाडी करिब ७ महिना अगाडी ग्यारेजमा जादा अन्य प्रालीबाट संचालन हुने भनिएको थियो । तर अहिले उक्त गाडी बनेर आइसकेपछि भने सुर्खेत काँक्रेविहारबाट संचालन गर्ने भनेर इन्ट्री भयो । त्यसपछि अहिले सयुक्तमा आवद्ध अन्य प्रालीहरुले उक्त गाडी पहिले जुन प्रालीमा जाने भनिएको थियो त्यसैमा जानुपर्ने बताएपनि सुर्खेत काँक्रेविहारले भने करोडौ लगानी गरेर व्यावसायिले गाडी किनिसकेपछि आफ्नो इच्छा अनुसार जुनसुकै यातायात प्रालीमा जानसक्ने र आफ्नो प्रालीमा इन्ट्री भइसकेकोले फिर्ता नगर्ने बताएपछि सयुक्त यातायातमा रहेका अन्य प्रालीहरुले सुर्खेत काँक्रेविहारलाई सयुक्त यातायातबाट अलग बनाएका हुन ।
सुर्खेत काँक्रेविहार यातायात प्रालीले सबैले जिम्मेवार ढङ्गबाट छलफल गरेर सहमती भएको खण्डमा सहमतीमा आउँने अन्यथा सयुक्तका अन्य र सुर्खेत काँक्रेविहार यातायात प्रालीका बसहरु छुट्टाछुट्टै संचालनमा आउने बताएको छ ।
संवाददाता । आइतबार, साउन २१, २०८० मा प्रकाशित