Karnali Media
२०८३ जेठ २८ , बिहीबार

एमालेकाे अवरोध पछि प्रतिनिधि सभाकाे बैठक आजपनि स्थगित 



काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज बुधवार पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । आजको बैठकमा पनि एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै अवरोध गरेको हो ।

बैठकको शुरुमै उठेर विरोध जनाएका एमाले सांसदहरूको तर्फबाट बोल्दै सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मङ्गलवारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरूको विरोध जारी रहने बताउनुभयो ।


सभामुखले बैठक सञ्चालन गर्न सघाउन पटक–पटक आग्रह गरे पनि एमालेले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्काे बैठक साउन २६ गते शुक्रवार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

प्रकाशित मिति : २०८० साउन २४ गते बुधबार